काठमाडौं । झापाको दमकमा बैंक अफ काठमाण्डूको नयाँ शाखा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।
कार्यक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्माले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी बताए ।
नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।
Discussion about this post