झापा । नेकपा एमाले बिर्तामोड नगर पार्टी कार्यालयमा प्रेस चौतारी बिर्तामोड नगर कमिटी समेत गठन गरिएको छ ।
प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी र आर्यन सिटौला चयन भएका छन् । सुवेदी नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य समेत हुन् ।
प्रेस चौतारी नेपाल झापाका इञ्चार्ज मोहन काजीले कमिटी घोषणा गरेका थिए । नयाँ कमिटीलाई एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराएका छन् ।
संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रदेश नम्बर १ का अध्यक्ष गणेश पोखरेलले स्पष्ट पारेका थिए । प्रेस चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड क्षेत्रमा क्रियाशिल पत्रकारहरु र नगर तथा जिल्ला तहका एमाले नेताहको सहभागिता रहेको थियो ।













Discussion about this post