दमक – झापाको दमकमा पहिलोपटक विद्युतीय स्कुटरको विक्री शुरु भएको छ । सिटौला इन्टरप्राइजेजले आजदेखि दमक ५ संगमस्वीट्स छेउमा कार्यालय स्थापना गरेर विद्युतीय स्कुटर र साईकलको विक्री शुरु गरेको हो ।
उक्त व्यवसायिक गृहको आज दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । उनले उद्घाटनका क्रममा विद्युतीय स्कुटी र साईकल वातावरणमैत्री भएकाले यसको प्रयोगमा हामीसवैले जोड दिनुपर्ने औल्याईन् ।
भारतमा निर्मित पियूर कम्पन्नीको विद्युतीय स्कुटर र साईकल विक्री शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पियूर कम्पन्नीका नेपाल प्रमुख अशोक खड्गी लगायतले व्यवसायिक सफलताको शुभकामना गरेका थिए ।
दमकका लागि आधिकारिक विक्रेता सिटौला इन्टरप्राईजेजका सञ्चालक निशा सिटौलाका अनुसार इन्धन नचाहिने उक्त स्कुटी फूल चार्ज गरेपछि १२० किलोमिटर कुदुने क्षमता रहेको छ । दुई मोडलका उक्त स्कुटीको मूल्य २ लाख ४९ हजार र २ लाख ६० हजार रहेको छ । शोरुम उद्घाटनका अवसर पारेर स्कुटी ग्राहकहरुलाई लक्षित गरि ८ हजार सम्म छुटको समेत व्यवस्था गरिएको उनले बताईन् ।
इन्टरप्राईजेजले स्कुटी खरिद गर्न चाहनेका लागि एक्सचेन्ज , फाइनान्सको समेत व्यवस्था गरिएको सञ्चालक गंगा सिटौलाले बताए ।
शोरुम शुभारम्भ कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक जेसीजका अध्यक्ष सन्जीव बराल,दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, कांग्रेस क्षेत्रीय सचिव मुकुन्द उप्रेती ,विभिन्न संघसंस्था,व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post