दमक – दमक जेसीज बर्ष २०२२ को अध्यक्षमा सन्जीव वराल चयन भएका छन् । दमक जेसीजको ४१ औ बार्षिक साधारणसभाले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्षमा बरालसंगै मुकेश अग्रवाल,निरोज आचार्य गरि तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्षमा सहमति जुटाउन निकै लामो कसरतपछि बराल निर्विरोध चुनिएका थिए ।
युवा व्यवसायी बराल बर्ष २०२० का महासचिव भएर सफलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।
Discussion about this post