मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

केकका प्रकार र परिकार थाहा पाउन केक मेला

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष १५, बिहीबार १९:३३
in समाज
0
केकका प्रकार र परिकार थाहा पाउन केक मेला
165
SHARES
515
VIEWS
Spread the love

ललितपुर । राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ । आफ्ना धेरैथरी र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला ।

केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्राय प्रयोगमा ल्याउने केक अर्थात् बेकरी परिकारका बारेमा जानकारी दिन आयोजना गरिएको हो । ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबारबाट सुरु भएको यो मेलामा केकका प्रकार र परिकार राखिएको छ । जहाँ दर्शक पुगेर एकै ठाउँबाट एक सयभन्दा बढी केकका प्रकार र परिकारको जानकारी र स्वादको आनन्द लिने गरिरहेका छन् । अनि केकका पारखीहरुका लागि यो अवसर जुटाइदिएको छ बे्रकर्स हब नेपालले ।

केक नेपालमा पनि प्रायः जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौँ कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ । पछिल्ला वर्षहरुमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरैमात्र मानिसलाई होला । त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले ‘बेक फेष्ट’ को आयोजना गरिएको बताउनुहुन्छ बेकर्स हबकी संस्थापक दीपा भुसाल ।

“यसअघि विभिन्न प्रकारका खाद्यवस्तुको मेला (फुड फेस्टिबल) नेपालमा हुुने गरेकामा केक तथा बेकरीका परिकारका बारेमा भने नेपालमा हामीले पहिलोपटक यो मेलाको आयोजना गरेका छौँ”, भुसालले बताउनुभयो ।

शुक्रबारसम्म सञ्चालन हुने यो मेलाको बुधबार उद्घाटन भएको हो । यस मेलाको उद्घाटन तथा त्यसपछि सो मेलामा पुगेका युवा एवं व्यवसायीले यस्ता कार्यले नेपालमा पनि युवा उद्यमशीलताको विकास हुनुका साथै नवप्रवर्तन व्यवसायको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

केक तथा बेकरीका परिकारको व्यवसाय गरीरहेका व्यवसायीले आफूले बनाएका परिकारको सही जानकारी र नयाँ उत्पादनको बारेमा सर्वसाधारण तथा खानामा चासो राख्ने पारखीलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरेको भुसाल बताउनुहुन्छ । मेलामा प्रत्यक्षरुपमा सेफहरुद्वारा केक तथा बेकरीका परिकार बनाइनुका साथै परिकारको प्रदर्शनी गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म सञ्चालन हुने यस मेलाले नयाँ वर्षका लागि केक बिक्री गर्ने उद्देश्य पनि राखेको छ । प्रत्यक्ष बेकिङ्, बेकरी प्रदर्शनी, शेफ च्यालेञ्ज, केक रनवे, रोमाञ्चक खेल, साङ्गीतिक कार्यक्रमलगायत पनि सञ्चालन हुने भुसालले जानकारी दिनुभयो ।

यस मेलामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका पाककलासमेत प्रस्तुत हुने बताइएको छ । ‘बेक फेष्ट’मा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको पाककलाको प्रस्तुतिका साथै सेफ च्यालेञ्ज जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ । केकका परिकारका साथमा केक रनवे कार्यक्रम यहाँको अर्काे अकर्षण रहेको छ ।

मेलामा केक तथा बेकरीका परिकारका साथै यस्ता परिकार बनाउन आवश्यक सीप तथा प्रविधिका बारेमा समेत जानकारी दिने गरिएको छ । केकका पारखीका साथै केक बनाएर बेकरी व्यवसाय सञ्चालन गर्ने व्यक्तिका लागि पनि यो मेला लाभदायक हुने यो मेलामा आएका पोखराका अरबिन्द आचार्यले बताउनुभयो । यो मेला र केकप्रति मानिसको आकर्षण देखेर आफूले पनि सानोतिनो बेकरी सञ्चालन गरौँ भन्ने आफूलाई लागेको विचार उहाँले सुनाउनुभयो ।

युवा उद्यमीको नयाँ सोच

केक तथा बेकरी व्यवसायलाई सर्वसुलभ तथा व्यवस्थित गर्न र बजारमा स्थापित गर्न बेकर्स हब नेपालले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत केक तथा बेकरीका परिकार बिक्री गर्दै आएको छ । एक वर्षअघि सुरु भएको बेकर्स् हबले देशमा बेकरीका क्षेत्रमा राम्रो प्रभाव पार्न सकिएको र यस व्यवसायलाई संस्थागत विकास गर्न थप कार्यहरु गर्ने तयारीमा रहेको पनि सो संस्थाकी सञ्चालक भुसालको भनाइ छ ।

प्रविधिको प्रयोग तथा जनमानसमा अनलाइन व्यापरको ज्ञान र प्रयोग बढ्दै गएकाले केक तथा बेकरीका परिकार पनि अनलाइनमार्फत घर तथा संस्थामै पु¥याउन थालिएको छ । यसका कारण पछिल्लो समयमा माग पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

केक तथा बेकरीका शुद्ध र स्वस्थकर परिकार उपभोक्ताले चाहेको समयमा खासगरी उपत्यकाका तीनै सहरमा सहजै उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । आफूहरुका उत्पादनभन्दा पनि साना तिना पसलमा मात्र उपलब्ध हुने गरेका केक र बेकरी आइटम हामी युवाको संस्थागत प्रयासलाई धेरै उपभोक्ताले मन पराएको उहाँले सुनाउनुभयो । – रासस


Spread the love
Previous Post

डब्लुएचओ : कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको सुनामी आउनसक्छ सचेत बनौं

Next Post

सनराईज बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष १५, बिहीबार १९:३३
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ पुष १५, बिहीबार १९:३३
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ पुष १५, बिहीबार १९:३३
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ पुष १५, बिहीबार १९:३३
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०७८ पुष १५, बिहीबार १९:३३
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ पुष १५, बिहीबार १९:३३
Next Post
सनराईज बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने

सनराईज बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!