काठमाडौं । सरकारले विदेश जाने नागरिकका लागि उपत्यकाको चार अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराउने भएको छ ।
विदेश जाने नागरिकले कोभिड–१९ विरुद्धको खोप वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जोन्सन एण्ड जोन्सनको खोप पाउने भएका हुन् ।
एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जानुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबै विदेश जानेहरुलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।
Discussion about this post