मोरङ – मोरङको उर्लाबारीमा होटल ग्रान्ड क्रिष्मस नाइट २०२१ हुने भएको छ । क्रिसमस डेको दिन अर्थात पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेबाट सो कार्यक्रम हुने भएको हो।
नाइट कन्सर्टमा नेपाली सुगम संगीतका चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा प्रस्तुत हुनेछन् । यस्तै अन्य गायकहरूमा नन्दु गुरुङ, तारावीर पाण्डे, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्रीको पनि बेजोड प्रस्तुति रहनेछ । सो कार्यक्रममा अल राउन्ड डान्स स्टुडियो एण्ड न्यू डान्स लेडिज फिटनेट हाउसको प्रस्तुति रहनेछ ।
साथै पूर्वाञ्चलका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । पाँच सय रुपैयाँ टिकट तोकिएको कार्यक्रममा उर्लाबारीका अलराउण्ड र न्यु स्टार डान्स सेन्टरको पनि प्रस्तुति रहने छ ।
सो कार्यक्रममा ३ हजारको हाराहारीमा दर्शक आउने अनुमान गरिएको होटलका सञ्चालक केशव भट्टराईले बताए ।
Discussion about this post