दमक । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले माङसेबुङमा गाउँ कमिटी गठन गरिएको छ ।
शनिबार भएको भेलाले टिकाराम खुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । कमिटिका उपाध्यक्षमा संगीता राई, सचिवमा देवाहाङ राई र सहसचिवमा धनकुमार साम्बा चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रदेश नं. १ का सदस्य मदनकुमार राईको प्रमुख आतिथ्यता र माङसेबुङ इन्चार्ज हर्क साम्बाको विशेष आतिथ्यतामा भएको कार्यक्रमको संचालन युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् एकीकृत समाजवादीका जिल्ला सदस्य देवाहाङराईले गरेका थिए ।
Discussion about this post