८ जेस्ठ २०८२ दमक/
याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र `सेमिफुङ´को प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ ।
निर्माण पक्षले चलिचित्रको प्रिमियर शो बारे जेस्ठ ७ गतेका दिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो ।
पत्रकार भेटघाटकार्यक्रममा चलचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चलचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, संस्कृतिकर्मी विक्रम वनेमलगायतको उपस्थित रहेको थियो ।
रणवीर लिम्बू (रवि शेर्मा) को निर्देशन रहेको चलचित्रमा कलाकार राज थापा काउचा मगरको कथा-पटकथा-सम्वाद रहेको छ ।
सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले चलचित्रमा गीत लेखेका छन् भने डिल्ली फोम्बोको संगीतमा देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगायतको स्वर रहेको छ ।
शुक्रबार प्रिमियर शो गरिने चलचित्रको शनिबार भने खुला प्रदर्शन गरिने निर्माता आङ्देम्बेले जानकारी दिएका छन् ।
उनका अनुसार प्रिमियर शोका लागि याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चईत् चोक् सयङलगायत संघसंस्था आयोजक छन् ।
चलचित्रको प्रिमियर शुक्रबार बिहान १० : ३० बजे दमकस्थित डिम्याक्स हलमा हुने निर्माण पक्षले जनाएको छ। शनिबार भने चलचित्रको खुला शो रहने चलचित्रका गीतकार पन्धाकले बताए ।
चलचित्रमा सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्कङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङ, बबिन आङ्देम्बेलगायतले अभियन गरेका छन् ।
- इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थानमा, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा धर्म, संस्कार, संस्कृति र सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको निर्माण पक्षको दावी छ ।
Discussion about this post