झापा/ कम्युनिष्ट पार्टीको एउटा पिलरको रुपमा चिनिएका हक्की र निडर नेता, विकल्पको राजनीतिक मियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ चैत १ गते काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै झापा ओर्लिए ।
झापा पार्टीका झापा इञ्चार्ज सुमन सी लगायतका नेताहरुले महासचिव विप्लबको स्वागत गरेका थिए ।
नेता विप्लव चैत ६ गतेसम्म झापामा रहेर पार्टी कार्यकर्ता तथा विभिन्न सामाजिक ब्यात्तित्वसँगको भेटघाटमा करिव एकहप्ता झापामा उनले बिताएका थिए ।
राजाबादीहरुको चलखेल झापामा बढेको र यहीबाट प्रतिगमनको चलखेल भइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुझाई छ ।
प्रतिगमनकारी षडयन्त्रको विरुद्ध र अग्रगमनको पक्षमा माहोल बनाउन समेत नेता विप्लब झापा आएको हुनसक्ने अनुमान अरु पार्टीका नेताहरुदेखि सर्वसाधारण समेतले पनि गरिरहेका छन् ।
एकहप्ता झापा बसेर झापाबाट फर्किदा विप्लवले झापालीले प्रदान गरेको महेशपुरको माटो उपहार लिएर काठमाण्डौ फर्किएका छन् ।
यो उपहारमा पाएको माटोको सदुपयोग विप्लवले कसरी गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
विप्लवले के के गरे झापामा ?
पार्टीका झापा इञ्चार्ज सुमन सीका अनुसार नेता विप्लवले मेचीपारी महेशपुरका बासिन्दासँग भेटघाट र छलफल, सीमा अनुगमन तथा भ्रमण, झापाकै गौरादहका पुराना कम्युनिस्टहरुसंग अन्तरक्रिया, रात्रीकालिन भेटघाटका क्रममा उनलाई स्थानीय पहिचान झल्किने झांकीले स्वागत गरेका थिए ।
उनले जनयुद्दका घाईते योद्धा सिक्सम संग भेटघाट गरेका थिए ।
यस्तै पूर्व जनमुक्ति सेनाहरुको अवस्थाको बारेमा जानकारी लिएका थिएभने शहिदपरिवारको अवस्थाबारे जानकारी लिए ।
समाजवादी मोर्चाको आयोजनामा भएको कार्यक्रमलाई उनले सम्बोधन गरे ।
यसैगरी ब्यवसायीहरुसंग भेटघाट, छलफल, राजनतिक अन्तरक्रिया, पार्टीका जिल्ला समिती सदस्यहरुलाई संक्षिप्त प्रशिक्षण, बृद्धाश्रममा रहेका झापा बिद्रोहकालिन योद्धा बिष्णु प्रधानसंग समेत नेता विप्लवले भेटेका थिए,
भने सुकुमबासीहरुको समस्या र अवस्थाबारे जानकारी लिएको इन्चार्ज सुमनले बताए ।
महासचिवले दिनु भएको यो समयप्रति बिप्लव निकट कार्यकर्ता तथा अन्य पार्टिका शुभचिन्तकहरुले खुशी ब्यक्त गरेका छन ।
साथै प्रदेश इन्चार्ज आदरणीय कमरेड दिपेश सी, को भुमिका प्रती आभार प्रकट गरेका छन ।
साथै भ्रमणलाई सानदार र सफल बनाउन भूमिका पूरा गर्ने कमरेडहरु अर्जुन सी, दिपक सी, शुवास सी, बिगुल सी, उमेश सी, प्रशान्त सी लगायत जिल्ला समितिका सबै कमरेडहरु र सहभागी सबैमा अभार ब्यक्त गर्दछौं ।’
इन्चार्ज सुमनले फेसबुक स्टाटसमा समेत लेखेका छन् ।
Discussion about this post