- ३० माघ २०८१ बेल्डाङ्गी झापा ।
झापाको दमक बेल्डाङ्गी शरणार्थी शिविरमा रहेका भुट्निज शरणार्थी हरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
अमेरिकाको मिसिगनमा रहेको ग्लोरियस चर्चपरिवारले उक्त खाद्यान्न सामाग्री बितरण गरेको हो ।खाद्यान्न सामाग्रीहरु भुट्निज शरणार्थी शिविरबाट तेश्रो मुलुक पुनर्वास भएर गएका शरणार्थी हरु ग्लोरियस चर्चका सदस्यहरु भएको बताईएको छ ।
उक्त खाद्यान्न सामाग्रीहरु मिसिगन चर्च परिवारले मिसन २०२५ नामक कार्यक्रमको आयोजना गरेर बेल्डाङ्गी शिविर समन्वय c.m.c भवन प्रागणमा भुटनिज शरणार्थी समन्वय समितिको डेपुटी सचिव तथा समितिहरु भुटनिज सेक्टर प्रमुख र सेक्टर प्रतिनिधिहरुको समन्वयमा बितरण गरिएको हो ।
खाद्यान्न सामग्रीहरुमा चामल, दाल, नुन, तेल, साबुन लगायतका दैनिक जिवनमा अति आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु करिव १४७”घरपरिवारहरुलाई बितरण गरिएको हो ।
खाद्यान्न सामग्रीहरु मिसिगनमा रहेको ग्लोरियस चर्चका ससाना नानिहरु र चर्चका सदस्यहरुले पठाएको भेटिबाट बितरण गरिएको जानकारी चर्चका पास्टर जि.एस तामाङले बताए ।
राहत सामाग्री बितरण गर्दा आफुहरु पनि सा-है आसिसित र खुशीको महशुस भएको मिसिगन चर्चका पास्टर दावा तामाङ्गले बताए ।
खाद्यान्न सामाग्री बितरणले आफुहरु असाध्यै खुशी भएको बताउदै चर्चपरिवार अमेरिकालाई धन्याबाद दिदै अब फेरि राहत सहयोगको अपेक्षा गरेको सिएमसी डेपुटी सचिव आशा राईले बताईन ।
Discussion about this post