१४ माघ २०८१ धनगढी
धनगढिमा भएको प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि विभागीय टिम एपिएफ क्लबले जितेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपिएफले उपाधि जितेको छ।
एपिएफले सातौं पटक पिएम कप एकदिवसीय क्रिकेटको उपाधि जितेको हो । उसले सन् २०१६ देखि १९ सम्म लागातार उपाधि जितेको थियो भने २०२१ र २०२४मा पनि उसले उपाधि जितेको थियो।
सुदूरपश्चिमले दिएको ६८ रनको सामानय लक्ष्य एपिएफले १३ ओभरमा १ विकेट गुमाएर भेट्टायो। उसका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान इन्दु बर्माले १८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा अलआउट भयो। उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने कप्तान विन्दु रावलले १७ रन बनाइन् । अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
सुदूरपशिचमलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कविता जोशीले ३ तथा सबनम राई र इन्दु बर्माले समान २ विकेट लिए ।















Discussion about this post