१९ जेस्ठ २०८१ जनकपुर ।
जनकपुर उपमहानगरपालिका- १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राईको ५ जनाको टोलीले यात्रुहरुको चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई भारत तर्फ लगिदै गरेको अवस्थामा उद्धार गरेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– वडा नम्बर २२ बसबिटीकी काजल मुखियालाई जनकपुरधाम उपमहानगरपालिका– १५ मौवाकी २२ वर्षीया पिंकी मुखियाले जनकपुरधामबाट रेलमा भारतको जयनगरतर्फ लैजान लागेको भन्ने सुचनाको आधारमा निजलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरिबल नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले जानकारि गराएका हुन ।
उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिएर शान्ति पुनस्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरी निरीक्षक सुरेश लामाले बताए ।
Discussion about this post