दमक, ३० मंसिर । दमकका सबै स्थानमा आज (शनिबार) ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
दमक वितरण केन्द्र अन्तर्गत दमकस्थित सबस्टेसनमा तार थप गर्न लागिएकाले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मविद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
यसबाट दमकमा सबै वडाहरु र दमक सब स्टेसनबाट उर्लाबारी वितरण केन्द्र प्रसारण हुने ११ के.भि. उर्लाबारी फिडर र राजघाट फिडरमा विद्युत् सेवा आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत् आपूर्ति सुचारू हुनेसमेत जनाएको छ।
Discussion about this post