मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’

दमक पोष्ट by दमक पोष्ट
२०८० मंसिर ११, सोमबार १८:५९
in Banner News, समाज
0
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’
167
SHARES
523
VIEWS
Spread the love

म्याग्दी, ११ मङ्सिर : धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

सहज सडक यातायातको सुविधाको अभाव र गाजनेको ऐतिहासिक तथा धार्मिक महत्त्वका विषयमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको जगन्नाथ गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताउनुभयो । “तत्कालीन बाइसेचौबिसे राजा दिलिपबम (डिम्ब)ले विसं १९५० को दशकमा बनाएको शिखर शैलीको जगन्नाथ मन्दिरको आकार पृथक छ”, उहाँले भन्नुभयो, “गाजनेको नजिकै रहेको डढेकोटमा तत्कालीन पर्वत राज्यको दरबारको भग्नावशेष छन् । गुफाको डाँडाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।”

धार्मिक र पर्यटकीय हिसाबले चर्चित मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको बेनी बजारदेखि गाडीमा एक घण्टाको यात्रामा पुग्न सकिने भए पनि जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट दरबार र गुफाको डाँडो (केभहिल) सुनसान हुने गरेको गाजनेका बासिन्दा यामबहादुर बानियाँले बताउनुभयो ।

“मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई गलेश्वर, पछै, ढोलथान, जगन्नाथ, डढेकोट, केभहिल, टोड्केमा भित्र्याउन सकेमा उनीहरुको बसाई लम्बिने र स्थानीयवासीको आर्थिक गतिविधिमा सहयोग पुग्ने थियो”, उहाँले भन्नुभयो, “यसका लागि धार्मिक पर्यटकीय करिडोर बनाएर यातायात र पर्यटन पूर्वाधार बनाउनुपर्ने देखिन्छ ।”

जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, बलभद्र र सुभद्रादेवीको मुर्ति रहेको जगन्नाथ मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार कुखुरा र बङ्गुर नपालिने २५ घरधुरीको बसोबास रहेको गाजने गाउँभित्र मासु र मदिराको पनि उपभोग हुँदैन ।

प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको केभहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दाबढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा रुद्रबहादुर श्रेष्ठले बताउनुभयो ।

गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ । विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ ।

विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ ।

बेनी नगरपालिका–५ का अध्यक्ष गोविन्द बानियाँले केभहिलमा दृष्य अवलोकन केन्द्र र गाजनेदेखि डढेकोट दरबार जोड्ने पदमार्ग निर्माण गरिएको बताउनुभयो । महायज्ञ आयोजना गरेर सङ्कलित रकमबाट रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च गरेर जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको छ ।

पुनःनिर्माण भएको मन्दिरको आइतबार उद्घाटन गर्न गाजने पुग्नुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी र विमला गौचनले बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

“पोखरादेखि मुस्ताङ र कोरला नाका आवतजावत गर्ने पर्यटकलाई म्याग्दीमा भुलाउन र अडाउन यहाँका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलको विकास आवश्यक छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “म्याग्दीलाई व्यापारिक र धार्मिक मार्गका रुपमा विकास गर्ने प्रयास जारी छ ।”


Spread the love
Previous Post

भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु

Next Post

‘उडान’को दोस्रो टिजर सार्वजनिक

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० मंसिर ११, सोमबार १८:५९
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० मंसिर ११, सोमबार १८:५९
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० मंसिर ११, सोमबार १८:५९
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० मंसिर ११, सोमबार १८:५९
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८० मंसिर ११, सोमबार १८:५९
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८० मंसिर ११, सोमबार १८:५९
Next Post
‘उडान’को दोस्रो टिजर सार्वजनिक

‘उडान’को दोस्रो टिजर सार्वजनिक

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!