मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भिक्षा मागेरै भए पनि छठपर्व मनाइँदै

दमक पोष्ट by दमक पोष्ट
२०८० कार्तिक २६, आईतवार २१:१२
in Banner News, मधेस प्रदेश, समाज
0
छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’
167
SHARES
521
VIEWS
Spread the love

वीरगञ्ज, २६ कात्तिक : वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो ।

हातमा बाँसले बनाइएको ढाकी बोक्नुभएकी उहाँले सडकमा हिँड्ने बटुवा होस् वा पसले सबैसँग सहयोग माग्नु हुन्छ । आस्था र विश्वासको पर्वको रूपमा रहेको छठपर्व गर्नलाई उहाँहरूले चन्दा माग्दै हिँड्नुभएको छ ।

सडकमा ढाकी बोकेर भिक्षा माग्दै भेटिनुभएकी सोमिन्त्रा देवीले भन्नुभयो, “त्यत्तिकै रहरले भिक्षा भागेको होइन, हरेक वर्ष भिक्षा मागेरै छठपर्व मनाउने गरेकाले यस वर्ष पनि छठपर्व गर्न भिक्षा माग्दै हिँडेकी हुँ ।” भिक्षा मागेर सङ्कलन भएको पैसाले छठ पूजाका सामग्री खरिद गरी पूजा गर्ने गरिएको उहाँको भनाइ छ ।

“मेरा छोरा थिएन, मैले छोरा पाउन छठ परमेश्वरीसँग मागेको थिएँ”, उहाँले भन्नुभयो, “पछि छोरा पाएँ, त्यसैले अहिले भिक्षा मागेरै भए पनि छठपर्व मनाइरहेकी छु ।” भिक्षा माग्दा बटुवा र पसलेले आफ्नो इच्छाअनुसारको चन्दा सहयोग दिने गरेको उहाँको भनाइ छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ का १२ वर्षीय रमेशकुमार सहनी पनि हातमा बाँसको डाली लिएर एकाबिहानै घण्टाघर आइपुग्नुभएको छ । उहाँ पनि छठपर्व गर्नु छ भन्दै सडकमा हिँड्नेसँग र पसल–पसलमा पुगेर चन्दा माग्ने गर्नुहुन्छ ।

यसरी सोमिन्त्रादेवी र रमेशमात्र होइन, लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै यतिबेला वीरगञ्जका सडकमा डाली, ढाकी र नाङ्लो बोकेर चन्दा माग्नेको सङ्ख्या अत्यधिक देखिन्छ । यसमा बढी महिला र बालबालिका छन् ।

गरिब, धनी सबैले मान्ने यो पर्वमा दलित, गरिब, असहायले मागेर भए पनि पर्वलाई निरन्तरता दिँदै आएका छन् । यही पृष्ठभूमिमा भाखल गरेका महिलाले चन्दा मागेर भए पनि यो पर्व मनाउँदै आएका छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठी मैयाको नाममा चन्दा दिने गरिन्छ ।

“यो नै एउटा यस्तो पर्व हो जसलाई धनी, गरिब सबै वर्गले आस्था र विश्वासका साथ मनाउँछन्”, वीरगन्जका स्थानीय विजय रौनियारले भन्नुभयो, “हुनेखानेले किनेर छठका सामग्रीको जोहो गर्छन् भने गरिब तथा असहायले मागेर भए पनि निष्ठापूर्वक यो पर्व मान्ने परम्परा रहिआएको छ ।”

तराई मधेसका जिल्लामा लोक आस्था र श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी थालिएको छ । तराई मधेसमा छठको आफ्नो छुट्टै किसिमको महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवर घडिअर्डवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायत ग्रामीण क्षेत्रमा रहेका पोखरीलाई स्थानीयवासीले विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । छठपर्वमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्न तयारी थालिएको वीरगञ्जका स्थानीय कृष्णकुमार कानुले बताउनुभयो ।

यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगाबैदेखि निष्ठापूर्वक सुरु हुन्छ । अहिले गाउँगाउँ, घरघरमा छठपर्वको गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्ठी अर्थात् छठपर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठपर्व आरम्भ गर्ने गरेका छन् ।

छठपर्वको दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दर्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षियणतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदकारीसमेत मानिएको छ ।

छठपर्वको मुख्य प्रसादका रूपमा रहेको केरा फलफूल, मीठाइ, अदुवा उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले बताउनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।

चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

अर्काेतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटलशौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ । छठपर्वको मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ ।


Spread the love
Previous Post

झापामा चलचित्र पत्रकार सङ्घ नेपालको शाखा गठन, अध्यक्षमा तिवारी

Next Post

डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० कार्तिक २६, आईतवार २१:१२
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० कार्तिक २६, आईतवार २१:१२
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० कार्तिक २६, आईतवार २१:१२
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० कार्तिक २६, आईतवार २१:१२
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८० कार्तिक २६, आईतवार २१:१२
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८० कार्तिक २६, आईतवार २१:१२
Next Post
डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

डा. सन्दुक रुइत र महावीर पुनसहित १० जना सम्मानित

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!