काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।
घटेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५.०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।
Discussion about this post