मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण ३२, बिहीबार २१:२०
in Banner News, समाचार
0
अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’
164
SHARES
514
VIEWS
Spread the love

काठमाडौँ, ३२ साउन : चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ ।

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गर्नुभएको थियो । तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो ।

‘नालापानी’भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन ।

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गर्नुभएको थियो । यसले भने व्यावसायिक सफलतासमेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो । “हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ”, निर्देशक देउजाले भन्नुभयो । ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उहाँले कारक देख्नुभएको रहेछ । उहाँले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउ’ निर्देशन गर्नुभएको छ ।

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उहाँले केही समययता सङ्घर्ष गरिरहनुभएको छ ।

उहाँको निर्माण तथा निर्देशन रहेको ‘गोर्खा वारियर’ तयार भइरहेको छ । “छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ । प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, उहाँले भन्नुभयो ।

आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहनुभएको रहेछ । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्यभन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उहाँले जानकारी दिनुभयो ।

“व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गोर्खालीको वीरताको गाथामा चलचित्र बनेको विश्वलाई जानकारी दिने उद्देश्यले बेलायतको लन्डनस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स प्रविधि जडित चलचित्र भवन सिनेवल्र्डमा ‘गोर्खा वारियर’को विश्वमै पहिलोपटक विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्दै हुनुहुन्छ । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रदर्शनीमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उहाँको छ । सो अवसरमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने तय भएको निर्देशक चाम्सले जानकारी दिनुभयो ।

“पूर्व सैनिक भएकाले पनि यो मेरो लागि चलचित्रमात्र होइन । सेनाको ब्यान्डले पहिलोपटक चलचित्रको प्रिमियरमा प्रस्तुति दिँदैछन् । यो सब गोर्खालीको वीरताले प्राप्त गरेको सम्मान हो”, निर्देशक चाम्सले भन्नुभयो । सो चलचित्र भवनमा भव्यरूपमा हुने प्रदर्शनीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा मद्दत पुग्ने विश्वास उहाँको छ ।


Spread the love
Previous Post

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

Next Post

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

सम्बन्धित समाचार

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन:  कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।
पत्रपत्रिका

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन: कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा  आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।
पत्रपत्रिका

सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०८० श्रावण ३२, बिहीबार २१:२०
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!