काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ ।
न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।
कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।
शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ८ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १५ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ।
Discussion about this post