मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

डोको बुनेरै बित्यो ५० वर्ष

दमक पोष्ट by दमक पोष्ट
२०८० बैशाख २५, सोमबार २१:२५
in Banner News, समाज
0
डोको बुनेरै बित्यो ५० वर्ष
164
SHARES
514
VIEWS
Spread the love

गलेश्वर, २५ वैशाख (रासस) : म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर(माइला) सार्की एकापसमा परिचित हुनुहुन्न तर उँहाहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ ।

उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उहाँकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उहाँहरूले जीवन गुजारी रहनुभएको छ ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उहाँहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ््यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उहाँलाई बुढ््यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विकले बताउनुभयो । वनमा निगालोे खोजेर चोयाँ निकाल्दै जवानीका रमाइला दिन बिताइसक्नु भएका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको बताउनुभयो । “छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन” उहाँले भन्नुभयो । अहिले दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको रु तीन सय ५० देखि रु छ सयसम्ममा बिक्री हुन्छ । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक रु १५ हजारदेखि रु २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो ।

उहाँजस्तै ज्यामरुककोटका माइलाले पनि डोको बुनेरै मासिक रु २० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको र यसैबाट आफ्ना छ÷छ परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आउनुभएको छ । बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ । बिहानदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु” माइलाले भन्नुभयो ।

माइलाको वास्तविक नाम गजबहादुर हो तर उहाँलाई सबैले माइला नै भन्ने गर्दछन् । उहाँको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।

अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले उहाँकै घरमै ग्राहक दिनहुँ आउने गरेका छन् । माइलाले आफ्नै कमाईबाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराइसक्नु भएको छ । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उहाँले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ ।

दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताउनुभयो । उउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गर्नुभएकोे स्थानीय समाजसेवी झकबहादुर थापाले बताउनुभयो ।

“डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउनेरु” माइलाले भन्नुभयो, “आफूले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढाटाढाबाट ग्राहक आउने गरेका छन् ।”

विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको,भकारी,नाम्लोजस्ता सामग्रीहरु वनाउने गर्दछन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उहाँहरुको गुनासो थियो ।


Spread the love
Previous Post

पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु

Next Post

कक्षा १२ को परीक्षा आजदेखि

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०८० बैशाख २५, सोमबार २१:२५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०८० बैशाख २५, सोमबार २१:२५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०८० बैशाख २५, सोमबार २१:२५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०८० बैशाख २५, सोमबार २१:२५
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०८० बैशाख २५, सोमबार २१:२५
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८० बैशाख २५, सोमबार २१:२५
Next Post
एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

कक्षा १२ को परीक्षा आजदेखि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!