मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बज्न छाडे गाउँघरमा पञ्चेबाजा

दमक पोष्ट by दमक पोष्ट
२०८० बैशाख १४, बिहीबार ०८:०६
in समाचार, समाज
0
बज्न छाडे गाउँघरमा पञ्चेबाजा
162
SHARES
506
VIEWS
Spread the love

ढोरपाटन, १४ ढोरपाटन (रासस) : गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष हुनुभयो । उहाँले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थाल्नुभएका उहाँ अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्नुहुन्छ । पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित हुुनुहुन्छ । केही वर्षयता आयातित विद्युतीय ‘साउण्ड सिस्टम’ले पञ्चबाजा ओझेलमा पर्न थालेका छन् । अचेल गाउँ बस्तीमा बाजाको आवाज निकै कम सुनिन्छन् ।

पञ्चेबाजाप्रति युवाले चासो नदिँदा लोप हुने खतरा बढेको हो । विशेष गरी दलित समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले अन्य समुदायका कलाकारले पनि बजाउन थालेका छन् । बाजा बजाउने दलित समुदायको पुख्यौली पेसा भए पनि अहिले नयाँ पुस्ताले चासो दिएको पाइँदैन । पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि गलकोट नगरपालिकाले यसको संरक्षणमा ध्यान दिएको छ । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बाजालगायतका आवश्यक सामग्री सहयोग गर्दै आएको छ । नगरपालिकाले आवश्यक सामग्री प्रदान गरे पनि पञ्चेबाजाको लोकप्रियतामा कमी हुँदै गएको छ ।

इन्द्रबहादुरले गाउँमा युवा नहुँदा बाजा बजाउने समुह नै नपुग्ने गुनासो गर्नुहुन्छ । पहिले गाउँमा बाजा बजाउने धेरै समूह हुने गरेको र माग पनि धेरै आउने गरेको जनाउँदै अहिले माग पनि घटेको र बजाउने कलाकारको समेत अभाव हुँदै गएको उहाँले बताउनुभयो । धेरैजसो युवा विदेश गएको र गाउँमा भएकाले बाजा बजाउन लाज मान्ने गरेको दर्जीको भनाइ छ । अहिलेसम्म बूढापाकाकै भरमा पञ्चेबाजा संरक्षित भएको जनाउँदै आफूहरुको हात पाखुरा बसे भने यो संस्कृतिनै हराउन सक्ने उहाँको चिन्ता छ ।

दर्जी भन्नुहुन्छ, “बाजा बजाउने प्रचलन त हाम्रो जिजु बाजेदेखि चल्दै आएको रीति हो, हामीहरुले बाजा बाजाउन सिकेको होइन, हाम्लाइ त बाजाको ताल मिलाएर बजाउने ज्ञान ‘अटोमेटिक’ आउँछ, मैले नै बजाउन थालेको दशकौँ भयो, अहिले पनि बजाउँदै आएको छु, अहिले पहिलाको जस्तो माग आउँदैन, पहिले त धेरै ठाउँबाट बाजा बजाउनका लागि बोलाउँथे, अहिले त बजाउने मान्छेनै छैनन्, गाउँमा भएका तन्नेरी सबै लाहुर (विदेश) गए, हामी बुढा भयौँ, टाढा जान सक्दैनौँ, नजिक नजिक मात्रै बजाउँछौँ, बाजाको ताल सुन्नै गाह्रो हुन थाल्यो ।”

स्थानीय लालबहादुर परियारले पनि बाजा बजाउन थालेको ४० वर्ष भयो । ४९ वर्षीय परियार अहिले पनि धेरै ठाउँमा बाजा बजाउन पुग्नुहुन्छ । दिनप्रति दिन बाजा बजाउने समूहका सदस्य घट्दै गएको भन्दै परियारले दुई÷चार वर्ष पञ्चेबाजा बजाउने प्रचलननै हराउन सक्ने बताउनुहुन्छ । उहाँले पञ्चेबाजा बजाएर घर परिवार चलाएको सुनाउँदै आम्दानी पनि राम्रो हुने गरेको बताउनुभयो । एक दिनमै एउटा समूहले रु ३५/४० हजार कमाइ गर्न सकिने उहाँको भनाइ छ ।

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्डिङ गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उहाँले बताउनुभयो । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा एक पटक पनि काम नपाएको परियारको गुनासो छ । उहाँले पञ्चेबाजासँगै मौलिक संस्कृति र परम्परा पनि लोप हुँदै जान थालेको बताउनुहुन्छ ।

“पहिले बाजा नबजाएसम्म विवाह हुँदैनथ्यो, मेला महोत्सव र पर्व रमाइलो हुँदैनथे, अहिले त बाजाको खास्सै वास्ता छैन, गीत सङ्गीतले गर्दा होकी, जमाना फेरिएर हो बाजाको महत्व घटेको छ”, उहाँले भन्नुभयो, “बाजा बजाएरै छोराछोरी हुर्काइयो, पढाइयो, अहिले कमाइ अरु केही छैन, हातमुख जोड्न पनि गाह्रो हुन्छ, कसैले बाजा बजाउन बोलाइहाले पनि समूह जम्मा गर्नै गाह्रो हुन्छ ।”

गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पञ्चेबाजा गलकोटको पहिचान भएको जनाउँदै यसको संरक्षणका लागि पञ्चेबाजा समूहलाई रु तीन लाख बराबरको बाजा, कर्नाल र पोसाक उपलब्ध गराएको बताउनुभयो । पछिल्लो समय पञ्चेबाजा हराउँदै जान थालेपछि यसतर्फ बाजा बजाउने समूह तथा समुदायलाई आकर्षण गर्नका लागि वडा कार्यालय समय–समयमा सहयोग गर्दै आएको बताउनुभयो । अहिले यस क्षेत्रमा बाजा बजाउनेको सङ्ख्या पनि निकै कम भएको जनाइएको छ ।

अध्यक्ष भण्डारी भन्नुहुन्छ, “पञ्चेबाजासँग हाम्रो पहिचान जोडिएको छ, कला संस्कृति मासिनु भनेको मानव जातिको अस्तित्व सङ्कटमा पर्नु हो, त्यसले गर्दा यस्ता एतिहासिक महत्व बोकेका मौलिक संस्कृतिको संरक्षणमा हामीहरुले जोड दिएका छौँ, यहाँका पञ्चेबाजासँगै अरु मौलिक कला, संस्कृति प्रवद्र्धन गर्न हामीहरु लागि रहेका छौँ ।”


Spread the love
Previous Post

‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई

Next Post

अब स्थानीय तहबाटै श्रम स्वीकृति

सम्बन्धित समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न
समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न

२०८० बैशाख १४, बिहीबार ०८:०६
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
जीवनशैली

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

२०८० बैशाख १४, बिहीबार ०८:०६
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।
Banner News

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

२०८० बैशाख १४, बिहीबार ०८:०६
बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो :  अध्यक्ष प्रचण्ड ।
पत्रपत्रिका

बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो : अध्यक्ष प्रचण्ड ।

२०८० बैशाख १४, बिहीबार ०८:०६
बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।
Banner News

बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।

२०८० बैशाख १४, बिहीबार ०८:०६
राप्रपालाई ‘प्रचण्ड´ले प्रश्न गर्दै भने  दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ !
कोशी प्रदेश

राप्रपालाई ‘प्रचण्ड´ले प्रश्न गर्दै भने दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ !

२०८० बैशाख १४, बिहीबार ०८:०६
Next Post
अब स्थानीय तहबाटै श्रम स्वीकृति

अब स्थानीय तहबाटै श्रम स्वीकृति

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!