एकीकृत समाजवादी दोलखाको दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण सम्पन्न

162
SHARES
505
VIEWS
Spread the love

दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाले पार्टी स्थापना दिवसको अवसरमा दुईदिने अगुवा कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार र आइतबार भएको कार्यक्रममा  कार्यक्रमको उद्देश्य, महत्व र आवश्यकताबारेः दोलखा जिल्ला अध्यक्ष भीम दहालले प्रकाश पार्नु भएको थियो । प्रशिक्षणको पहिलो दिन दर्शनशास्त्रको प्रारम्भिक ज्ञानका बारेमा पार्टीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, समाजवादी कार्यदिशाबारेः पार्टीका महासचिव घनश्याम भुसालले सहजिकरण गर्नु भएको थियो ।

यस्तै दोस्रो दिन पार्टी, स्थानीय तह र हाम्रो तत्कालीन कार्यभारहरूः  दोलखा जिल्ला कमिटी  उपाध्यक्ष प्रोणप्रताप केसी, दोलखाको कम्युनिष्ट आन्दोलनको इतिहासः   पार्टीका पोलिटब्युरो सदस्य तथा  दोलखा जिल्ला इन्चार्ज शिव भण्डारी, दक्षिणपन्थी अवसरवाद विरूद्धको संघर्षः  पार्टीका उपाध्यक्ष एवं  पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमाल,समकालीन पुँजीवाद र समाजवादी संघर्षः केन्द्रीय सदस्य तथा सचिव, केन्द्रीय पार्टी स्कुल विभाग अशेष घिमिरेले सहजिकरण गर्नु भएको थियो ।  कार्यक्रमको सञ्चालनः दोलखा जिल्ला कमिटी सचिव अशोक दहालले गर्नु भएको थियो ।


Spread the love

सम्बन्धित समाचार

Next Post

Discussion about this post

error: Content is protected !!