२६ चैत, २०७९,
काठमाडौं, यस वर्षको इस्टर तथा पुनरुत्थान महोत्सव २०२३ विविध कार्यक्रमको आयोजना गरि भव्यताकासाथ सम्पन्न भएको छ ।
आइतवार भृकुटीमण्डमा आयोजित इस्टर महोत्सवमा राजधानी काठमाडौंका विसौं हजार ख्रीष्टियनहरु सहभागी भएर इस्टर महोत्सव मनाएका छन् । विहानै राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रामा सहभागी भएर आठ बजे भृकुटीमण्डपमा पुगी इस्टर महोत्सवमा सहभागी भएका थिए ।
समारोहमा एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ र क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान मर्हजनले इस्टर केन्द्रित वचन वाँडेका थिए ।
कोभीड १९ पछि राजधानीका विसौं हजार ख्रीष्टियनहरु संयुक्तरुपमा भेला भएर मनाएको यो पहिलो हो । इस्टर महोत्सवमा तीन सयभन्दा वढि मानिसले रक्तदान समेत गरेका छन् ।
Discussion about this post