दमक, १८ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को आठौँ दिन अर्थात आज फागुन १८ गते बिहिबार चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने भएको छ ।
बेलुका ८:३० बजेदेखि प्रस्तुत हुने गायिका मेलिना राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका राईसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।
होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।
Discussion about this post