दमक, १७ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को सातौँ दिन अर्थात आज फागुन १७ गते बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।
बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका ज्योति मगरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन् । गायिका ज्योति मगरसँगै स्थानीय कलाकार र साङ्गीतिक समूहको पनि विशेष प्रस्तुति रहने फुड फेस्टिवलका सदस्य काजी राउतले जानकारी दिए ।
होटल व्यवसायी संघको आयोजनमा फागुन ११ बाट दमकको पशुहाटमा सुरु भएको फुड फेस्टिवल फागुन १९ गतेसम्म जारी रहनेछ ।
Discussion about this post