चन्द्र कुमार राई, २०७९ माघ २७, दमक । झापाको दमक नगरपालिकामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक नगर समितिले आज शुक्रबारदेखी २ दिने वृहत खेलकुद कार्यक्रम सञ्चालन गरेको छ ।
दमक ३, मा रहेको मदनभण्डारी रंगशालामा आज माघ २७ गते शुक्रबारदेखि भोली माघ २८ गते शनिबारसम्म उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
आज भएका पहिलो दिनका खेलहरुमा दौड १०० मिटर पुरुष तर्फ प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा प्रजिता एजुकेशन एकाडेमी र तृतिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल भएको छ । यस्तैँ, १०० दौड महिला तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितीय स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा ग्लोबल एजुकेशन एकाडेमी भएको छ ।
यस्तै पुरुष तर्फ २०० मिटर दौडको प्रथम स्थानमा गायत्री विद्यापिठ, द्धितीय स्थानमा पाथीभरा इङ्लिस बोर्डिङ स्कुल र तृतीय स्थानमा सिद्धार्थ अंग्रेजी बोडिङ्ग स्कूल भएको छ भने महिला तर्फ २०० मिटर दौडको प्रथम स्थानमा एलाइड अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा ईन्स्पायर इङ्लिस स्कुल र तृतीय स्थानमा मेची अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
त्यस्तैगरी पुरुष ४०० मिटर दौड तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितीय स्थानमा पाथीभरा इङ्लिस बोर्डिङ स्कुल र तृतीय स्थानमा नेपाल जापान फाउन्डेशन स्कूल भएको छ भने ३०० मिटर महिला दौड तर्फ प्रथम स्थानमा एलाइड अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा ईन्स्पायर इङ्लिस स्कुल र तृतीय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।
त्यस्तैगरी हट पटेटो खेलमा प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा पूर्वाञ्चल अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा अर्किड एकेडेमी भएको छ ।
त्यस्तै कमलको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानमा हिजो विहिबार भएको क्रिकेट खेलमा प्रथम स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा सिद्धार्थ अंग्रेजी बोडिङ्ग स्कूल र तृतीय स्थानमा मोदरल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
बेलुन ब्रस्ट खेलको प्रथम स्थानमा विद्यालक्ष्मी माध्यमिक अंग्रेजी बोर्डिङ स्कूल, द्धितीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र तृतीय स्थानमा मेची अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
बाकी रहेका अन्य खेल भोली माघ २८ गते शनिबार हुने र कार्यक्रमको औपचारिक समापनमा प्रमुख अतिथिका रुपमा दमक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नवीन बराल रहनुहुने उक्त खेलकुद कार्यक्रमका संयोजक मित्र खत्रीले बताए ।
दमक नगरपालिकाभरीका जम्मा ४५ वटा निजी तथा आवासिय विद्यालयहरु प्याब्सनमा आवद्ध रहेका छन् ।
Discussion about this post