तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका शुक्रबारेमा विशेषज्ञ सेवा सहितको १ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
उक्त शिविर माघ २८ गते शनिबार छथर गाउँपालिकाको आयोजना र विजयपुर अस्पताल धरानको प्राविधिक सहयोगमा हुने भएको हो । उक्त निःशुल्क शिविर छथर अस्पताल शुक्रबारेमा सञ्चालन हुनेछ ।
शिविरमा वाल तथा नवजात शिशु रोग विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवा, आँखा रोग सम्बन्धि सेवा, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा र डेण्टल सेवा प्रदान गरिने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बु (सन्तोष तिगेला)ले बताए ।
Discussion about this post