कमल, ३० पुष । झापाको कमलमा नेपाल शिक्षक सङ्घ कमल गाउँ समितिको दोस्रो अधिवेशन शुक्रबार महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २, समयगढको सभाहलमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले नेपाल शिक्षक सङ्घ कमल गाउँ समितिका अध्यक्ष हेमकुमार श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध पुनः निर्वाचित गरेको छ । त्यसैगरी महिला उपाध्यक्षमा बाबरी बान्तवा र खुल्ला उपाध्यक्षमा दुर्गाप्रसाद चापागाईँ चयन हुनु भएको छ ।
यस्तै सचिवमा लक्ष्मी प्रसाई, अर्थसचिवमा तान्छोहाङ लावती, सहसचिवमा भाग्यकुमार बस्नेत र अर्थ सहसचिवमा महेश रिजाल चयन हुनु भएको छ ।
















Discussion about this post