मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

दमक पोष्ट by दमक पोष्ट
२०७९ मंसिर १९, सोमबार १८:३५
in Banner News, शिक्षा, समाज
0
अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय
164
SHARES
511
VIEWS
Spread the love

सुर्खेत, १९ मङ्सिर – सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई साङ्केतिक भाषामै पढाउनुपर्छ ।

त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल ।

विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषद्बाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन् । कूल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् ।

विद्यालयमा विषयगत सङ्केत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ । “साना कक्षामा साङ्केतिक सङ्केत अभावले खासै समस्या हुँदैन”, विद्यालयका प्रध्यानाध्यापक चिन्तामणि कँडेलले भन्नुहुन्छ, “खासगरी पठनपाठनमा प्रयोग हुने साङ्केतिक सङ्केत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरु भने प्रभावित बन्ने गरेका छन् ।”

विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षालगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरुमा विषयगत सङ्केत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्केत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ । विषयगत सङ्केत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ ।”

प्रअ कँडेलका अनुसार नेपालमा विषयगत सङ्केतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान सुरु नभएको मात्र होइन, विषयगत सङ्केतका विषयमा नेपालमा पुस्तकहरुको पनि अभाव रहेको छ । अन्य मुलुकहरुमा विषयगत सङ्केतहरुको व्यवस्था गरिएको भए पनि नेपालमा भने अन्य मुलुकको सङ्केतले काम गर्दैन ।

“पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ । यस विषयमा हामी शिक्षकहरुले प्रयास पनि गरेका छौँ”, उहाँले भन्नुभयो, “साङ्केतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरुलाई विषयगत सङ्केतका लागि थप तालिमको आवश्यक छ ।”

प्रअ कँडेल सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैँले भने सधैँ अभाव खेप्नुपरेको बताउनुहुन्छ । विसं २०३७ मा स्थापना भएको यस विद्यालयको भवन जीर्ण छ । कक्षा कोठा पनि पर्याप्त छैन भने यहाँ खेल मैदान, पाठ्यपुस्तक, शैक्षिक सामग्री र शिक्षकको पनि अभाव छ । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको शैक्षिकस्तर माथि उठाउन समस्या भएको प्रअ कँडेलले बताउनुहुन्छ ।

यस विद्यालयमा प्राथमिक तहमा एक, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा एक जना गरी छ जनाको दरबन्दी रहेको छ । विद्यालयमा कम्तीमा नौ जना शिक्षक आवश्यक रहेको प्रअ कँडेलको भनाइ छ । उहाँ अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको बताउनुहुन्छ ।

वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयका रूपमा छ । सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाभेर यही विद्यालयमा ल्याइएको हो । अहिले पनि योविद्यालय सङ्घीय सरकारकै स्वामित्वमा रहेको छ ।

विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा पठनपाठन हुने गर्दछ । “पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ”, प्रअ कँडेल भन्नुहुन्छ, “शौचालय जीर्ण अवस्थामा छ भने खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर ल्याउनु पर्दछ ।”

विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अङ्ग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताउनुहुन्छ । साङ्केतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपालीमा अनुवाद गरी फेरि साङ्केतिकरूपमा बुझाउन गाहे हुन्छ । सम्बन्धित विभागले नै पाठ्यक्रमअनुसार साङ्केतिक सङ्केत चिन्हको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।

श्रवण शक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एकमात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउनेक्रम बढ्दो छ । आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ । प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा नयाँ भवनका लागि दिएको ५० लाख रुपैयाँले अहिले भवन बनिरहेको छ ।

जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा कुनै जनप्रतिनिधिको ध्यान नपुगेको अभिभावकहरुको गुनासो छ । साङ्केतिक भाषाको पठनपाठन हुने यस विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीय अभिभावक लक्ष्मी उपाध्याय जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राज्यले नै ध्यान नदिँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भइरहेको छ ।”

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री खरिद गर्न सरकारले प्रतिविद्यार्थी मासिक ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन् ।

कूल ९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र रहेका छन् । यहाँ पाँच छात्र र नौ छात्रा गरी १४ दलित विद्यार्थी रहेका छन् । विद्यालयमा ८१ जना आवासीयरुपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन् । विद्यालयमा सबैभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत छन् भने सुर्खेतका २८, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका चार, कैलालीका तीन, अछामका तीन, डोल्पाका दुई तथा मुगु र डोटीका एक÷एक जना विद्यार्थी अध्ययनरत छन् । रासस


Spread the love
Previous Post

ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

Next Post

बम विस्फोटमा सात कर्मचारी मारिए

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ मंसिर १९, सोमबार १८:३५
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ मंसिर १९, सोमबार १८:३५
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ मंसिर १९, सोमबार १८:३५
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ मंसिर १९, सोमबार १८:३५
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ मंसिर १९, सोमबार १८:३५
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०७९ मंसिर १९, सोमबार १८:३५
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

बम विस्फोटमा सात कर्मचारी मारिए

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!