दमक । न्यौपाने बन्धु समाज नेपाल दमक नगर समितिले आज शनिबार सामुहिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
दमकमा स्थाई तथा अस्थाई रुपमा बसोबास गर्दै आएका कौडिन्य गोत्री न्यौपाने बन्धुहरुको बनभोज कार्यक्रम भएको हो । कन्काई नगरपालिकाको पर्यटकीय स्थल जामुन खाडिमा बन्धुहरुको सामुहिक बनभोज कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
न्यौपाने बन्धुहरुकाबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका नगर अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।
बनभोज कार्यक्रममा बन्धु समाज झापाका अध्यक्ष, उपाध्यक्ष, केन्द्रिय सदस्यहरु लगायतका पधाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
Discussion about this post