एण्ड्रोइड र आईओएस दुबै माध्यममा उपलब्ध यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने नेपाली पात्रोले जनाएको छ । यस अपडेटमार्फत् उक्त एपले रेडियोमा केही अद्भूत र अहिलेसम्म प्रयोग नभएका केही नवीन र स्मार्ट सुविधा समेत समेटेको जनाएको छ ।
‘हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर अद्भूत रेडियो सार्वजनिक गरेका छौं । यसमा स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नुहुनेछ । नेपाली पात्राले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिने छ ।
रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग-इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्ने उनले बताए । उनका अनुसार सम्प्रेसन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।
नेपाली पात्राका अनुसार ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ । यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा पनि समावेश गरेको छ भने यस एपमा आम निर्वाचन २०७९ को मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।
विश्वकप फुटबल प्रतियोगिता सक्किए लगत्तै अर्को अद्भूत सुविधा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।
Discussion about this post