काठमाडौँ । पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले पाँच हजार तीन सय ९० मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो ।
श्रेष्ठले क्षेत्र नं १ प्रदेश (१) भित्रका १९ वडाबाट खसेको ३१ हजार दुई सय ११ मतमध्ये १७ हजार छ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा मङ्गोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले दुई सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले चार सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याउनुभएको छ । कूल मतमध्ये पाँच सय ४६ मत बदर भएको निर्वाचन अधिकृत गोपादप्रसाद ढकालले जानकारी दिनुभयो ।
क्षेत्र नं १ (१) अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ र ३, रामपुर नगरपालिका क्षेत्र पर्दछन् । क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकामा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको छ ।
Discussion about this post