मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मोती पत्रकारिता पुरस्कारको राशी रु. १,०११११ र कोष पाँच लाख पुर्याइने केटोलाई रु. २५,५५५

दमक पोष्ट by दमक पोष्ट
२०७९ कार्तिक २८, सोमबार १८:४९
in कोशी प्रदेश, समाचार, समाज
0
मोती पत्रकारिता पुरस्कारको राशी रु. १,०११११ र कोष पाँच लाख पुर्याइने केटोलाई रु. २५,५५५
164
SHARES
511
VIEWS
Spread the love

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याइने भएको छ ।
महासंघ झापाको हालै बिर्तामोडमा सम्पन्न साधाराणसभाले उक्त पुरस्कारको राशी वृद्धि गर्ने र अक्षयकोषको रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ ।
एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । कोषको ब्याजले पुरस्कारको राशी नधान्ने अवस्था आएपछि महासंघको वर्तमान नेतृत्वले अक्षयकोष वृद्धिमा जोड दिदै सो प्रस्ताव साधाराणसभामा पेश गरेको हो । सचिव डिकेश लामाले पेश गरेको सो सम्वन्धी प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ ।
महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ ।
त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी रु. २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ । रु.२५ हजार पाँच सय ५५ राशीको सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।
मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो
नेपाली पत्रकारिताको शुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासंघको अधिवेशनमा प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासंघले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । पुरस्कारको राशी शुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले वि.स. १९४३देखि नेपाली पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो ।
उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो । मोतीरामकै सक्रियतामा वि.सं. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’ को प्रकाशन शुरु भयो । ‘सुधासागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रिकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो । मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल, डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।
‘केटो’ पत्रकारिता पुरस्कार यसरी स्थापना भयो
नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासंघको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । ‘केटो’ २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको झापाको पहिलो पत्रिका हो । मासिक रुपमा प्रकाशित भएको यो पत्रिका मेची अञ्चलकै जेठो मानिन्छ । श्यामकृष्ण उपाध्याय उक्त पत्रिकाको सम्पादक थिए । महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कार पहिलोपटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण शुरु भएको हो । शुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशी पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो । पुरस्कारबाट पत्रकारहरु गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुंगाना पुरस्कृत भइसकेका छन् ।

Spread the love
Previous Post

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

Next Post

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०७९ कार्तिक २८, सोमबार १८:४९
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०७९ कार्तिक २८, सोमबार १८:४९
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०७९ कार्तिक २८, सोमबार १८:४९
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०७९ कार्तिक २८, सोमबार १८:४९
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०७९ कार्तिक २८, सोमबार १८:४९
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०७९ कार्तिक २८, सोमबार १८:४९
Next Post
उच्च अङ्कले घट्यो नेप्से परिसूचक

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!