कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो एक दम्पत्तिको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-७ का २२ वर्षीय दीपक राना र उनकी श्रीमती २२ वर्षीया मन्त्रा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार राना दम्पत्ति माछा मारेर घर फर्किरहेका बेला बाटोमा चट्याङ परेर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post