मोरङ । प्रदेश न. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीसहित उनकी श्रीमती र राजनीतिक सल्लाहकारलाई समेत कोरोना संक्रमण भएको हो ।
मुख्यमन्त्रीसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको साउन १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईमा पनि संक्रमण देखिएको हो ।
माननीय मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड संक्रमणका कारण मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम स्थगित गरिएको प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।
Discussion about this post