कमल । लायन्स क्लब दमक एक्टिभको आयोजनामा आज शुक्रबार कमल-२, समयगढ स्थित श्री महेन्द्र रत्न मा.वि.को सभाहलमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब दमक एक्टिभकी अध्यक्ष कल्पना पोख्रेलको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेसनल 325 A1 का डिस्ट्रिक्ट गभर्नर लायन रेवत कार्की पीएमजेएफको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा लायन्स क्लब दमक एक्टिभको तर्फबाट श्री महेन्द्र रत्न मावि समयगढलाई एउटा सेनिटरी प्याड भेन्डिङ मेसिन सहयोग स्वरूप उपलब्ध गराइएको थियो ।
कार्यक्रममा पीएमजेएफ फस्ट लेडी मञ्जु कार्की, गभर्नर एड अजय अग्रवाल तथा महेन्द्र रत्न मा.वि.का वि.व्य.स अध्यक्ष पवनकुमार राईको विशिष्ट आतिथ्य रहेको थियो भने इम्प्याक्ट चिफ चन्द्र गुरागाईँ, इम्प्याक्ट एरिया चिफ लायन ज्ञानु पौडेल, जोन चियर पर्सन लायन हेमसिंह अधिकारी, लायन दयासागर आचार्य, श्री महेन्द्र रत्न मा.वि. समयगढका प्रधानाध्यापक बालकृष्ण संग्रौला, सहायक प्रधानाध्यापक हिमालय कोइराला, शिक्षकहरू चन्द्रप्रसाद सिटौला, विजयकुमार अधिकारी, हेमकुमार श्रेष्ठ, विष्णु निरौला, शारदाकुमारी भट्टराई, कुमारी उषा अधिकारी लगायतको समेत उपस्थिति रहेको थियो ।


















Discussion about this post