उर्लाबारी । धिमाल समुदायको महान् पर्व जात्रीको अवसरमा उर्लाबारी नगरपालिकाले स्थानीय विदा दिएको छ । जात्रीको अवसरमा असार २ गते बिहिवार स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उक्त दिन उर्लाबारी नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई उर्लाबारीको पहिलो जाति घोषणा गरेको छ । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका धिमाल समुदायले जात्रीलाई महान एवं विशेष पर्वका रुपमा मनाउने गरेका छन्।
















Discussion about this post