दमक- झापाको दमकमा नेपाल प्रेस यूनियनको स्थापना दिवसका अवसर पारेर भोलि शुक्रवार खुला रक्तदान कार्यक्रम हुने भएको छ ।
गणतन्त्रचौंकमा आयोजना गरिने खुला रक्तदान कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतको चुनावी गतिविधिका कारण रक्तदान प्रभावित भई कतिपय अस्पतालमा विरामीलाई रगत पाउनबाट समस्या हुदैआएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समिति, दमकका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा दमक नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख रेगीना भट्टराई (प्रसाई)को प्रमुख आतिथ्यता तथा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा हुने कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताएका छन् ।















Discussion about this post