काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित चारदोबाटो चोकमा गएराति टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गठ्ठाघरबाट नयाँथिमि तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ७७६९ नम्वरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ८५८१ नम्वरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए । यस्तै, दुर्घटनामा परेर सोही स्कुटर पछाडी सवार म्याग्दीको बेनी नगरपालिका–४ घर भएका ३३ वर्षीय बिमल श्रेष्ठ घाइते छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















Discussion about this post