दमक – झापाको दमक–५ मा रहेकोे मोडल क्याम्पस साहित्यिक मञ्चले आज आइतबार आफ्नो पाचौं साधारणसभाको अवसरमा २५ सदस्य समिति गठन गरेको छ ।
“अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नाराका साथ स्थापना गरिएको मञ्चका उपाध्यक्ष सन्ध्या लिम्बुको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । नव गठित मञ्चको अध्यक्षमा निश्चल खड्का सर्बसम्मत चयन भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा सन्ध्या लिम्बु र उपाध्यक्षमा अश्विन तिम्सिना र विवेक चम्लागांई, त्यसैगरी महासचिवमा सरोज आचार्य, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः उत्सव कोइराला, सबिन साम्पाङ र खुशी कुइकेल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा महेश शिवा, प्रतिमा कार्की, प्रविन पाठक, गणेश लाल साह, सुवास तिगेला, विनिता अधिकारी, निशा दाहल, अस्मिता पौडेल, निखिल कुवर, दिवस श्रेष्ठ, करिना घिमिरे, प्रतिक्षा बुडाथोकी, दिपेश भुजेल, रिचड चम्लागांई, सुमन पोखरेल, मेलिना राजबंशी, रिया सुबेदी, स्वेता पौडेल चयन भएका मञ्चका निर्वाचित अध्यक्ष निश्चल खड्काले जानकारी दिए ।
कार्यक्रममा मोडल क्याम्पस दमकका क्याम्पस प्रमुख कृष्ण तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका महा–सचिव सरोज आचार्यले कार्यक्रमको औचित्य प्रकाश पार्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्याम्पसका शिक्षकहरु विन्दु दाहल (मुक्तदर्सक), ज्ञाननाथ निरौला, युवराज बराल, मोडल क्याम्पस साहित्यिक मन्चका संस्थापक अध्यक्ष राजन चापागाईं, डि.पि.एल कमल शाखाका सचिव देवु चापागाईं साथै पुर्व संस्थापक खगिन त्रिखत्री र समर्पण मगरको विशिष्ट आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन सुवास तिगेलाले गरेका थिए ।


















Discussion about this post