दमक । झापाको दमकमा रहेको रेडियो झापाका संचालक स्वर्गीय गणेश प्रसाद शिवाकोटीको आज चैत २ गते परेको जन्म जयन्तिको अबसरमा रत्न ज्येष्ठ नागरिक बृद्धाश्रमलाई खाद्य सामाग्री प्रदान गरिएको छ ।

दमक ४ मा रहेको सो बृद्धाश्रमलाई स्वर्गीय शिवाकोटीको नाममा उहाँका बुबा टिकाराम शिवाकोटी, आमा हरिमाया शिवाकाटी, श्रीमती निरा शिवाकोटी, छोराहरु कोशिश र नितेश शिवाकोटी लगायतले एक कार्यक्रमकाबीच खाद्य सामाग्री प्रदान गर्नुभएको हो ।

सो क्रममा चामल, दाल, चिनी, चना, मटर, नुन, तेल, साबुन, बिस्कुट, जुस, तुथपेष्ट, फलफूल लगायतका सामाग्री प्रदान गरिएको थियो । ती सामाग्रीहरु सो आश्रममा रहनुभएका बृद्धबृद्धाहरुको हेरचाह गर्दै आउनुभएकी अर्चु सुनुवारलाई स्वर्गीय शिवाकोटीको बुबा टिकाराम र आमा हरिमायाले प्रदान गर्नुभएको थियो । शिवाकोटीको गत भदौ ३ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उहाँको परिवार कमल गाउँपालिका वडा नंं ५, लवडाडाँमा बसोबास गर्दै आउनुभएको छ ।





















Discussion about this post