दमक – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार विभिन्न कार्यक्रमलाई संवोधन गर्न गृहजिल्ला झापा आउँदैछन् ।
उनी आफ्नो गृहक्षेत्र झापा क्षेत्र नं.५ मा पर्ने कमल गाउँपालिका आउने छन् । त्यहाँ उनले रतुवा र मावा खोलाका विभिन्न स्थानमा गरिने तटवन्धन तथा वाँध निर्माणको संयुक्त शिलान्यास गर्ने छन् । कमल गाउँपालिका वडा नं. ६ स्थित खयरवारीमा यो कार्यक्रम हुने तय भएको छ । शिलान्यास स्थलको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, वडाअध्यक्ष नरेरन्द्र भट्टराई, एमाले नेता होमबहादुर थापा एवम् वाँध निर्माणको नियमन निकाय जनताको तटबन्धन कार्यालयका प्रतिनिधीहरुले अवलोकन गरेका छन् ।













Discussion about this post