काठमाडौं । संखुवासभामा आफ्नै बुवाको हत्या अभियोगमा १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सभापोखरी गाउँपालिका–२ बितलब बस्ने ५२ वर्षीय बुवाको हत्या अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई गएराति पक्राउ गरेको हो ।
घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















Discussion about this post