काठमाडौं । सर्वोच्च अदालतको सबै सेवा आगामी फागुन १ गतेबाट संचालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गरेको सर्वोच्च अदालतले आइतबारबाट सबै सेवा संचालन गर्ने भएको हो ।
अदालतको बिहीबार बसेको पूर्णबैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा संचालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । अदालतले यसअघि गत माघ ५ गतेदेखि अनिश्चितकालका लागि सेवा कटौती गरेको थियो ।
सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो । अब आइतबारदेखि सबै प्रकारका सेवा संचालन हुने सर्वोच्च अदालतले जनाएको छ ।















Discussion about this post