कमल – झापाको कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षासुरु भएको छ ।
आफ्नै पालिका भित्रबाट सरकारी निकायमा दक्ष जनशक्ति उत्पादनका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम नै बनाएर वर्षेनी लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको कमल गाउँपालिकाले जनाएको छ । यस वर्ष लोकसेवा तयारी कक्षा ५० जनाले सहभागिता जनाएका छन् ।
तयारी कक्षा निरन्तर ५० दिनसम्म सञ्चालन हुने छ । लोकसेवा तयारी कक्षाकोे गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गर्नु भएको हो ।
गाउँपालिकाका गरीब तथा जेहन्दार लोकसेवा तायरी कक्षाका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य गर्दै तालिम सन्चालन गरीएको गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले बताउनुभयो ।
केहि वर्ष अघिसम्म लोकसेवा क्षेत्रमा नेपालको पश्चिमी क्षेत्रका नागरिकको मात्रै चासो रहने गरेकोमा पूर्वमा पनि यसको महत्व विस्तार गर्न समेत यो कार्यक्रमले मद्दत पुर्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको भनाई छ ।















Discussion about this post