काठमाडौं । नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ६३२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।














Discussion about this post