काठमाडौं । लोकसेवा आयोगले कोरोना संक्रमणका कारण सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।
आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो साथै अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो।
साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।















Discussion about this post