१४ असार आईतबारकादिन स्वर्गिय मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै प्रचन्डले भने आफुलाई आफैँले गतिशील नेताको उपमा दिएका हुन् ।
कार्यक्रममा उनको भनाइ यस्तो थियो:-
मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्छन् । समाजमा मेरो विभिन्न चित्र बन्ने गरेको छ । मैले ‘क्रमभंग’ भनेँ भने ‘ल अब के उत्पात गर्न लाग्यो यसले’ भन्याजस्तो ठान्छन् ।
प्रकृतिको, मानव समाजको र मानव विकासको नियम हो निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नु पर्ने हुन्छ क्रमभंग । तपाईँ यदि एउटै स्थानमा बसिराख्नुभयो भने जानुभयो । हाम्रा धेरै साथी बसिरहेका छन् । अहिले पनि घण्टी बजाएर नयाँ जनवाद भनिरहेका छन् । त्यसले कहीँ पनि लैजाँदैन ।
परिस्थिति फेरिएको छ । हामी पनि फेरिनुपर्छ । यसलाई गतिशीलता ठान्नुहुन्छ, परिवर्तनको बहावलाई बुझ्ने नेता भनेर मलाई ठान्नुहुन्छ भने थ्यांक यु भेरि मच । होइन, अर्को ठान्नुहुन्छ त्यो पनि ठीकै छ ।
म नै त्यस्तो नेता हो जसले जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन कठोर मिहिनेत गर्यो । म नभएको भए हुँदैनथ्यो । अहिले फेरि सहकार्य र एकताको कुरा गर्नेतिर छौँ ।
मैले जे भनियो, भनियो भनेको भए प्रचण्ड पथ नै भइराख्थ्यो । तपाईँ हाम्रो भेटै हुन्थेन । मैले जस्तै परिस्थिति अनुसार आफूलाई परिमार्जन गर्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ ।














Discussion about this post