फागुन २३, दमक, यहि फागुन २१ सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहेको छ । २३ गते मध्याह्न १२ बजे सम्मको निर्वाचन आयोग को आधिकारीक वेभसाइडको अध्यावधिक जानकारी अनुसार हाल १६५ क्षेत्र मध्ये १६१ क्षेत्रको मत गणना भैरहेको मा ४२ स्थानको अन्तिम नतिजा आएसकेको छ जसमा ३३ स्थानमा रस्वपाले विजय हासिल गरेको छ भने नेपाली काङ्ग्रेस ले ५ स्थानमा हासिल गर्दा नेकपा एमाले २ स्थान नेपाली कम्युनिस्ट पार्टी १ स्थानमा र स्वतन्त्र १ स्थानमा विजयि हासिल गरेका छन । मतगणना भैरहेका क्षेत्रमा पनि रस्वपा नै अगाडि रहेको छ । रास्वपा ८६ स्थानमा अगाडि रहेको छ भने नेपाली काङग्रेस ११ स्थान , नेकपा एमाले ८ स्थान , नेकपा ८ स्थान, श्रम सस्कृति पार्टी ४ स्थान, राप्रपा १ स्थान, स्वतन्त्र उमेदवार १ स्थानमा अग्रस्थानमा रहेका छन । ४ स्थानको मतगणना सुरु हुन सकेको छैन। केहि समयमा सुरु हुने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ















Discussion about this post