१७ श्रावण २०८२,ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ।
भेटमा सहिदप्रति सम्मान प्रकट गर्दै सहिदको सपनाको बाटोमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्नुपर्नेमा दुवै नेताले जोड दिएका थिए।
साथै, वर्तमान समयमा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित र विशृंखलित अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरिएको थियो।
‘नेपाली कम्युनिस्ट आन्दोलनप्रति उहाँ (विप्लव) मा गहिरो हुटहुटी र इच्छाशक्ति देखेँ,’ नेता किरातीले भने।














Discussion about this post